Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्वोच्च पुगेको लोकमानको गह्रुँगो फाइलमा के छ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ८,  काठमाडौं | प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषदको निर्णयको फाइल शुक्रबार सर्वोच्च अदालतमा पठाएको छ ।

सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार अत्यन्त गोप्य उल्लेख गर्दै थुप्रै स्टिच लगाएर खामबन्दीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फाइल पठाएको हो |

सो खाम गरूङ्गो भए पनि त्यसभित्र के छ भन्नेबारेमा केही पनि थाहा नभएको सम्बन्धित कर्मचारीले जानकारी दिए ।

अख्तियारको प्रमुख आयुक्तमा कार्कीको नियुक्ति हुनका लागि योग्यता पुगेको भनी संयुक्त इजलासले गरेको आदेशलाई सर्वोच्च अदालतको पूर्ण इजलासले कानुनी सिद्वान्तविपरित भएको ठहर गर्दै सात दिनभित्र सोसँग सम्बन्धित फाइल पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश गरेको थियो । – नेपाल समाचार पत्र