पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/06940f81012f4a273e503c4bfa7049871474684754.jpg" style="width: 549px; float: left;">असोज ८, काठमाडौं | दाताको सहयोगमा सरकारद्वारा सञ्चालित सुनौला हजार कार्यक्रममा ब्यापक भ्रस्टाचार भएको सरकारी छानबिनमै फेला परेको छ ।<br></p><p>गर्भावस्थादेखि शिशु स्याहारसम्मका हजार दिनलाई लक्षित गरी विश्व बैंकको सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम लागू भएका जिल्ला मध्ये धनुषा, सप्तरी, सिराहा, महोत्तरी र रौतहटमा तलबभत्ता, सामान खरिदलगायत नाममा भ्रष्टाचार भएको छ।</p><p>लक्षित समुदायलाई फाइला पुर्याउनेभन्दा कर्मचारीले व्यक्तिगत लाभ लिएको, अनुदान हिनामिना गरेको र केन्द्रबाट पठाएको रकम जिल्ला नपुगेको सार्वजनिक भएपछि मन्त्रालयले गरेको छानबिनमा तराईका ५ जिल्लामा कर्मचारीबाट भ्रष्टाचार भएको भेटिएको हो। – नागरिक दैनिक </p>

