Skip to content
Friday, July 17, 2026 Nepali Online Media

राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च हुनै सकेन

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ९, काठमाडौं | आर्थिक वर्ष ०७२–७३ मा राष्ट्रिय गौरवका १४ आयोजना विनियोजन बजेट खर्च गर्न असफल भएका छन् । २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये २० वटालाई बजेट विनियोजन गरिएको थियो।

राष्ट्रिय गौरवको आयोजनामा परेर पनि पश्चिम सेती आयोजनालाई भने लगानीसम्बन्धी विवादका कारण बजेट विनियोजन गरिएको थिएन। अर्थ मन्त्रालयले प्रस्तुत गरेको आयोजनाको वार्षिक प्रगति विवरणमा यस्तो देखिएको खबर छ ।

राष्ट्रिय गौरवका आयोजनामध्ये दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याइएको बजेट तोकिएको अवधिमा एक रुपैयाँ पनि खर्च हुन सकेन। सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि ५० करोड र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार अर्ब ५३ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

५० प्रतिशत नपुर्‍याउने  तीन आयोजना

बुढीगण्डकी जलविद्युत् आयोजना, हुलाकी राजमार्ग र पूर्वपश्चिम रेलमार्ग आयोजनाले बिनियोजन गरेको बजेटमध्ये ५० प्रतिशत पनि खर्च गर्न सकेको छैनन् । यी आयोजनाले क्रमशः ५ दशमलव ०६, ३० र ४१ दशमलव ७५ प्रतिशत मात्र खर्च गरेका छन् ।

६ आयोजनाको प्रगति राम्रो

राष्ट्रिय गौरवमा परेकामध्ये ६ वटा आयोजनाले भने खर्च गर्न सफल भएका छन् । केही आयोजनाले तोकिएको बजेटभन्दा धेरै खर्चसमेत गरेको प्रगति विवरणमा उल्लेख छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई विनियोजन गरिएको दुई अर्बमध्ये यो वर्ष शतप्रतिशत खर्च गरेको छ । उत्तर दक्षिण लोकमार्ग कर्णाली, उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी र उत्तर–दक्षिण लोकमार्ग कोसी कोरिडोरले समग्रमा एक सय ४८ प्रतिशत प्रगति गरेका छन् ।

छुट्याइएको ८७ करोड रुपैयाँ थियो भने आयोजना व्यवस्थापनले एक अर्ब ३० करोड खर्च गरेको छ । त्यस्तै, मध्यपहाडी लोकमार्ग आयोजनाले तीन अर्ब ६१ करोड रुपैयाँ खर्च गरेको छ । यस आयोजनाका लागि १ अर्ब ९५ करोड रुपैयाँ बिनियोजन गरिएको थियो । यीबाहेक बबई सिँचाइ आयोजनाले पनि एक सय ३८ प्रतिशत प्रगति गर्न सफल भएको छ । सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि बजेट अभाव हुन नदिने नीति लिएको छ । यसकारण काम गर्ने अवधि र काम बाँकी रहेमा आयोजनालाई आर्थिक वर्षका लागि छुट्याइएको बजेटभन्दा बढी खर्च गर्न सकिन्छ । ‘यसै नीतिअनुसार खर्च गरिएको हो’ उत्तर दक्षिण लोकमार्ग आयोजनासम्बन्धी कार्यक्रममा प्रमुख गोपाल सिग्देलले भने । – नयाँ पत्रिका