Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रधानमन्त्रीले हडपे महानिरीक्षकको गाडी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ११, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन्। दाहालले साउन १९ मा प्रधानमन्त्री हुनासाथ प्रधान कार्यालयबाट अर्यालले चढ्दै आएको ‘ल्यान्ड क्रुजर अमाजन’ जिप झिकाएर चढ्न थालेका छन् ।

यो अमेरिकी दूतावासले प्रहरी महानिरीक्षकको सुरक्षाका लागि नि:शुल्क उपहारमा दिएको गाडी हो। त्यतिबेला महानिरीक्षक श्यामभक्त थापा थिए। प्रधानमन्त्री दाहालले आफ्नो ‘ल्यान्ड क्रुजर अमाजन’ लगेर चढेपछि महानिरीक्षक अर्यालले बुलेट प्रुफरहित सामान्य ल्यान्ड क्रुजर गाडी चढ्न थालेका छन्।

महानिरीक्षकको यो गाडी हडप्ने दाहाल पहिलो प्रधानमन्त्री भने होइनन् । उनका पूर्ववर्ती केपी ओलीले समेत उक्त गाडी हडपेर कार्यकालभरि चढेका थिए। ओलीले आफू प्रधानमन्त्री हुनासाथ महानिरीक्षक अर्यालको फुल बुलेट प्रुफ गाडी हडपेर चढेका थिए। ओलीले सुरुमा अर्यालसित एक साताका लागि भनेर उक्त गाडी मागेको, तर आफ्नो कार्यकालभर फिर्ता नगरेको जानकारी स्रोतले दियो ।

ओलीले राजीनामा दिनासाथ उक्त गाडी प्रहरी प्रधान कार्यालयमै फिर्ता भई पुन: अर्यालले चढ्न थालेका थिए। दाहालले पदबहाली हुनासाथ उक्त गाडी मगाएर पुन: चढ्न थालेका हुन्।

‘ओलीले कुन गाडी चढेका थिए, त्यो कहाँ छ भनेर प्रधानमन्त्रीज्यूले सोध्नुभयो, हामीले महानिरीक्षक अर्यालको गाडी चढ्नु हुन्थ्यो, ओलीले राजीनामा दिनासाथ प्रहरी प्रधान कार्यालयमा फिर्ता गएको छ भनेर जानकारी दियौं,’ मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीज्यूले त्यही गाडी मगाउनोस् भन्नुभयो, हामीले मगाइदियौं, अहिले त्यही गाडी चढिरहनुभएको छ ।’ – कान्तिपुर