पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/951b1af1df51641b52b3577f48bf94131475030222.jpg" style="float: left;">असोज १२, काठमाडौं | अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको फाइल लोकसेवा आयोगले ६ वर्ष अघि नै सामान्य प्रशासन मन्त्रालयलाई पठाएको रहस्य खुलेको छ।<br></p><p>सर्वोच्च अदालतको आदेश अनुसार सामान्य प्रशासन मन्त्रालयले सोमबार दोस्रो पटक जवाफ दिँदै सम्पूर्ण फाइलको प्रति आफूसँग नरहेको र राय माग्न लोकसेवा आयोगमा पठाएकोले आयोगमै रहेको जनाएको थियो । सामान्यले २०६५ असार २७ गते राय माग्दै पठाएको पत्रमा तत्कालिन कामु प्रमुख कयोदेवि यमी नेतृत्वको लोकसेवा आयोग बैठकले २०६६ जेठ १० गते नै निर्णय गरी सामान्यलाई रायससहित फाइल फर्काइदिएको रहस्य खुलेको हो ।</p><p>आयोग स्रोतका अनुसार विभागीय कारबाहीका लागि राय दिनुअघिनै २०६५ भदौमा मुख्य अधिकृत पदबाटै कार्कीको राजीनामा दिइसकेकाले ‘कारबाही गर्नुपर्ने वा नपर्ने विषयमा कुनै राय दिनु आवश्यक नहुने’ निर्णय गरी पत्र पठाएको थियो। – नागरिक </p>

