Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तीन वर्षमा २३ गाडी त्रिशूलीमा खसे

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १२, काठमाडौं | पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाइ आइतबारदेखि त्रिशूली नदीमा बेपत्ता भएका छन्। ७२ घन्टा पुग्दासम्म उनीहरूको केही पत्ता लागेको छैन। दुर्घटनामा परेर त्रिशूलीमा यात्रुहरू बेपत्ता हुने घटना यो नै पहिलो होइन।

यस्तै दुर्घटना त्रिशूलीमा पटक–पटक हुने गरेका छन्। प्रहरीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा त्रिशूली नदीमा गाडी दुर्घटना हुँदा १७ जना बेपत्ता भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार ०७३ मा मात्र नौवटा गाडी त्रिशूलीमा खसेका छन्। गत २४ भदौमा ना.३ख ६०१७ नम्बरको ट्रक पूर्वमन्त्री घिमिरे सवार जिप दुर्घटनास्थलबाटै खसेको थियो।

चालक तथा सहचालकसहित ट्रकको हालसम्म अत्तोपत्तो छैन।

तीन वर्षको तथ्यांकअनुसार त्रिशूलीमा खसेर ४८ जनाको मृत्यु भएको छ। ७२ जना घाइते भएका छन्। त्रिशूलीमा खसेका १७ जना अहिलेसम्म बेपत्ता छन्। ०७१ मा आठवटा र ०७२ मा पाँचवटा गाडी त्रिशूलीमा खसेका थिए। – नयाँ पत्रिका