पढ्न करिब 1 मिनेट लाग्छ

असोज १२, काठमाडौं | जनयुद्वताका अरुको घर र पसलमा जाँडका घ्याम्पा फुटाउने र मापसे गर्नेलाई बाँधेर लडाउने कमरेडहरु अचेल आफैं मदिराविना रात बिताउन नसक्ने हालतमा पुगेका छन् ।

चपक्क पिएर थपक्क निदाए त हुँथ्यो तर नशाको रन्कोमा आफ्नै सहकर्मी भर्कुन तम्सिएपछि भने कस्ता–कस्ता मै हुँ भन्ने कम्युनिष्टको समेत खुट्टी देखेर पत्याउनुपर्ने स्थिति सिर्जना भएको हो ।

कामरेडका विद्रोही कुराले दुनियाँ थर्कमान त छन्, तर सेन्तेरेम लाएपछि मध्यराति आफ्नै साथी थर्काउन थाल्दा विप्लव माओवादीभित्र महाभारत मच्चिएको छ ।

पोखरास्थित होटल मुनुको कोठा नं. १०१ मा भदौ ३० गते विप्लव अदिलका नेता बसेको कोठामा चलेको काण्ड हो यो ।

राति ११:४० बजे अखिलका केन्द्रीय सदस्य पुष्प न्यौपाने मदिराले मत्थु भएर अर्काको कोठा ताक्न तम्सिए ।

पुष्प बसेको कोठा नं. थियो ३०४ । तर, १०१ पुगेर ढोकामा लात्ति बजारे । त्यो कोठामा काठमाडौं/पोखरा विश्वविद्यालय क्षेत्री समन्वय समितिलको संयोजक भरत बल्ल र सचिव हरिश भट्ट बसेका थिए ।

पुष्पले आफूभन्दा माथिल्लो स्तरका नेतामाथि गाली बर्साए । उनीहरुले नसुनेजस्तो गरेपछि झण्डै दर्जन लात्ती ढोकामा बजारे । – जनआस्था साप्ताहिक

- फाइल तश्विर