२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैँमा घर जान आठ लाख यात्रुलाई बसको टिकट छैन

२०७३, १४ आश्विन शुक्रबार ०१:५५

असोज १३, काठमाडौं | यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् । 

दसैँका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ । तर, अधिकांश यातायात व्यवसायी संघले टिकट सकिएको भन्दै अग्रिम टिकट बुकिङ बन्द गराइसकेका छन् । टिकट काट्न बसपार्क जानेहरू रित्तो हात फर्कने गरेका छन्। 

क्षमताभन्दा धेरै यात्रु राख्न कडाइ गरेपछि यातायात व्यवसायीले थोरै मात्र बस थपेर सञ्चालन गर्न लागेका छन्। क्षमताभन्दा धेरै यात्रु बोक्न दिए मात्र थप टिकट बिक्री गर्ने अडान व्यवसायीहरूको छ । दुर्घटना बढेपछि यातायात व्यवस्था विभागले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न दिएको छैन।

त्यसको विरोधमा यातायात व्यवसायीहरूले दशैंमा धेरै बस सञ्चालन गर्न नमानेका हुन् । सिट क्षमताअनुसार मात्र चलाउँदा उपत्यका फर्कंदा यात्रु नहुने हुँदा आफूलाई घाटा हुने उनीहरूको दाबी छ । ‘कि क्षमताभन्दा धेरै यात्रु राख्न पाउनुपर्यो कि बसलाई इन्धन हालिदिनुपर्छ भन्ने उनीहरूको माग छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले नाफा मात्र नखोज्नोस् दशैंको बेला सेवा पनि गर्नुपर्छ भनेका छौं। छलफल भइरहेको छ ।’

पश्चिमतर्फ जाने बस टिकट सकिए

महेन्द्रनगर, धनगढी, बाँके, बुटवल जाने बसका टिकटहरू सकिएको व्यवसायीले बताएका छन् । पूर्व जाने बसहरूको पनि सर्वसाधारणले सहज रूपमा टिकट पाएका छैनन् । समस्या व्यवस्थापनबारे छलफल भइरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला बताउछन्।

यातायात मन्त्रालयमा शुक्रबार अहिले देखिएको समस्याबारे छलफल हुँदैछ। सडक समस्या तथा नयाँ बस नथपेकाले पनि टिकटको अभाव भएको हो । गत वर्षको नाकाबन्दीमा व्यवसायीले आर्थिक समस्या झेलेकाले नयाँ बस थप्न समस्या भएको सिटौलाले बताए । मुग्लिन–नारायणघाट सडकखण्ड पनि एउटा कारण भएको उनको भनाइ छ ।

१६ दिनलाई सबैतिर रुट परमिट

व्यवसायीकै दबाबमा सरकारले १५ देखि ३० असोजसम्म सबै जिल्लाका सडकमा अस्थायी रुट परमिट दिने निर्णय गरेको छ । जभाभावी परमिट दिँदा दुर्घटना बढ्ने ट्राफिक प्रहरीको चिन्ता छ । तर, दसैँमा सर्वसाधारणलाई मर्का पर्न नदिन परमिटको निर्णय भएको हो । परमिट दिँदा पनि व्यवसायीले क्षमताभन्दा बढी बोक्न पाउनुपर्ने भन्दै अप्ठेरो पारेका छन्।

गत वर्षको तुलनामा अझै ४० प्रतिशत टिकट बुकिङ हुन बाँकी छ । सडकको अवस्थासहितका कारणले यस वर्ष धेरै बस सञ्चालन गर्न नसकिएको र छिटै टिकट सकिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । माग पूरा भए फेरि टिकट खोल्न सकिने एक व्यवसायीको भनाइ छ । केही यातायात व्यवसायी समितिले भने सर्वसाधारणलाई टिकट नदिई ‘होल्ड’समेत गरेका छन् । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु