Skip to content
Friday, July 17, 2026 Nepali Online Media

हिमानीको हात समातेर पारस छमछमी नाचेपछि…

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज १६, काठमाडौं | पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए ।

हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र हिमानीलाई नचाउने पात्र पाहुनाहरू भएको खबर छ।

सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका थिए ।

पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए। नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो।

पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेको भोज ८ बजेबाट सुरु भएको थियो।

हिमानीको जन्मदिन हिजो शनिबार भए पनि शुक्रबार जन्मदिन मनाइएको थियो। जन्मोत्सवमा भोजस्थल विशेष रूपमा सजाइएको थियो।

बिभिन्न ब्राण्डका ह्वीस्की, वाइन र बियरको व्यवस्था गरिएको भोज सोल्टी होटलले निर्माण गरेको केक काटेर सुरूआत गरिएको थियो। हिमानीले केक काट्नासाथ सबै पाहुनाले शुभकामना दिएका थिए।

केक काट्दा पति पारस,  पूर्वराजा ज्ञानेद्र, पूर्वरानी कोमल र उनका नाती नातिना सँगै थिए। बुहारीको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र र कोमल सात बजे सोल्टी पुगेका थिए।

डान्स पार्टी सुरू भएपछि सबैले नेपाली गीतमा नाचगान गरेका थिए। नाच सुरू हुनासाथ पारस र हिमानीलाई हात समाएर नचाइएको थियो। हिमानी र पारस दुबैले हात समातेर नाच्दा सबैले ताली बजाएका थिए। ८ बजे सुरू पार्टी मध्यरात सकिएको थियो। – नेपाल समाचार पत्र