पढ्न करिब 1 मिनेट लाग्छ

असोज १६, बेइजिङ | भारत र पाकिस्तानबीच पछिल्ला केही समययता बढ्दो तनावकाबीच चीनले आफ्नो सबैभन्दा महंगो विद्युत आयोजना निर्माणका लागि तिब्बतमा ब्रम्हपुत्रको सहायक नदीको प्रवाह रोकेको छ ।

भारतको पूर्वी क्षेत्र भएर बग्ने ब्रम्हपुत्रको सहायक नदी रोकेपछि यसबाट तल्ला क्षेत्रमा जलप्रवाह कम हुने आशंका गरिएको छ । यसअघि नै भारतले पाकिस्तानसँग सन्धि सम्झौता तोड्ने धम्की दिएपछि चीनले ब्रम्हपुत्र नदी रोकिदिने चेतावनी दिएको थियो ।

भारतीय सेनाले ‘सर्जिकल स्ट्राइक’ भन्दै पाकिस्तानी क्षेत्रमा गोलाबारी गरी दुई सैनिकको हत्या गरेपछि चीनले ब्रम्हपुत्रको सहायक नदी रोकेको हो । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले परियोजनाका प्रशासनिक ब्युरो प्रमुख झांग युन्बोलाई उदृत गर्दै तिब्बको शिगाजेमा यारलुंग झांग्बो (ब्रम्हपुत्रको तिब्बती नाम) को सहायक नदी शियाबुकूमा निर्माणधीन लाल्हो परियोजना निर्माण गरिरहेको छ ।

चीन सरकारले ४.९५ अरब युआन (७४ करोड डलर) बराबरको लागतमा सो परियोजना निर्माण गरिरहेको छ । चीनको यो महंगो परियोजनाको निर्माण कार्य सन् २०१४ बाट सुरु भएको हो । यो परियोजना निर्धारित समयमा पूरा भएमा सन् २०१९ भित्र सम्पन्न हुनुपर्नेछ । – राजधानी दैनिक