पढ्न करिब 1 मिनेट लाग्छ

असोज १८, काठमाडौं | भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अगामी कातिक १७ देखि १९ (नोभेम्वर २ देखि ४) सम्म नेपालको भ्रमण गर्ने तय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । लामो समयदेखि थाती रहेको मुखर्जीको भ्रमणको मिति तय भएलगातै दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रायल तयारी जुटेको उच्च स्रोतले जानकारी दिएको छ।

यसअघि नेपालकी राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भए पनि भण्डारीको भ्रमण एक्कासी स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो।

यसैबीच सत्ता परिवर्तन भएर बनेका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको वातावरण बनेको हो । – कान्तिपुर