Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सरकारी कर्मचारीहरुलाई दशैँ आउनु एक साता अघिदेखिनै दशैँ लागिसक्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १९, काठमाडौं | ललितपुर १५ का रवीन्द्र श्रेष्ठ नक्साको काम लिएर ललितपुर उपमहानगरपालिका जाँदा त्यहाँका कर्मचारीले उनलाई तपाईँको काम अहिले हुन्न, अब दसैंपछि भनेर फर्काइदिए ।

‘एक दुई दिन भित्र हुने काम पनि दसैं पछि आउनू भनेर फर्काइदिन्छन्,’ उनले भने,‘दसैं आउनुभन्दा हप्तादिन अघिदेखि कामै हुन छाडेको छ ।’

दसैंमा काम नभएको गुनासो गर्ने रवीन्द्र एक्ला होइनन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सोमबार भेटिएका नविन गिरीले कर्मचारीहरू कार्यलयमा नभएर काम नै नभएको बताए। ‘खोइ कार्यालयमा कर्मचारीहरू नै छैनन्, घन्टौं कुरेर पनि कार्यालयमा कर्मचारी नै भेटिएनन्,’ उनले भने।

यस्तो गुनासो विशेष गरी स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयतिर बढी रहेको पाइन्छ।

दसैं आउन एक सातादेखि नै सरकारी कार्यालयमा कर्मचारीहरु नभेटिएकाले काममा सास्ती पाइरहेका छन्। – नेपाल समाचार पत्र