पढ्न करिब 1 मिनेट लाग्छ

असोज २०, काठमाडौं । नेपालका बनजंगलमा पाँच करोड ५० लाख टन कार्बन सञ्चित छ ।

विश्व बजारमा नेपालको कार्बन बिक्रीको चर्चा चलिरहेका बेला नेपाल सरकारले पहिलोपटक नेपालमा कार्बनको अवस्थाबारे अध्ययन गरेको हो ।

फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा गरिएको अध्ययनअनुसार नेपालमा औसत १७९.९५ टन कार्वन प्रतिहेक्टर छ । उच्च हिमाली र पहाडी भेगमा सबैभन्दा धेरै कार्बन सञ्चित छ।

बन स्रोत सर्वेक्षण परियोजना राष्ट्रिय कार्यक्रम संयोजक यामप्रसाद पोखरेलका अनुसार कार्बन सञ्चिताको अवस्था थाहा पाएका कारण त्यसलाई अवसरका रुपमा सदुपयोग गर्न सकिने छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत अब कार्बन बिक्रीका लागि छलफल प्रक्रिया अघि बढाउने आधार नेपालसँग तयार भएको छ ।

बनको समग्र अवस्था र कार्वन सञ्चितिको आकर्षक तथ्य सार्वजकि गर्दै नेपालको बन क्षेत्रको पहिलो विस्तृत सर्वेक्षण बन स्रोत सर्वेक्षण सकिएको छ । – अन्नपूर्ण