Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गाडी चलाउने सोखले हिरासतमा पुर्‍यायो…

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २, भक्तपुर | भक्तपुर ८, सुकुलढोकाका २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठ पेसाले हयान्डी क्रयाफ्टका सेल्सम्यान हुन् । उनको गाडी चलाउने सोख सानैदेखिको हो ।

भक्तपुर नगर क्षेत्रभित्र पार्किङ गरी राखिएका १० निजी, सरकारी कार्यालय, अस्पताल र संघसंस्थाको कार, जिप मिनीट्रक, एम्बुलेन्स, शव वाहनलगायत सवारीसाधनमा उनले नक्कली साँचो प्रयोग गरी रातभर चलाएर अन्यत्रै छाडिदिने गर्थे । यसबाट सवारीधनीसँगै प्रहरीले समेत हैरानी खेप्नुपर्‍यो ।

साँझ राखिएका सवारीसाधन पार्किङस्थलमा नभएपछि दिनहुँ प्रहरीमा उजुरी पर्न थाल्यो । जिविस, जिल्ला प्रशासन, अदालत तथा प्रहरी कार्यालय परिसरकै पार्किङस्थलबाट सवारीसाधन हराउन थालेपछि प्रहरीले अनुसन्धान थाल्यो ।

गत असारयता मात्र १० सवारीसाधन पार्किङस्थलमा नभएको उजुरी परेपछि खोजी गर्दा बा२च ९०६६ नम्बरको पजेरो दरबार स्क्वायर क्षेत्रबाट चलाएर अन्यत्र लैजान लागेको अवस्थामा श्रेष्ठ पक्राउ परेको भक्तपुर प्रहरी प्रवक्ता इन्स्पेक्टर प्रकाश विष्टले बताए ।

निजी, सरकारी कार्यालय, अस्पताल र संघसंस्थाको सवारीसाधन पार्किङस्थलबाटै चलाएर अन्यत्रै लगी छाड्दा सम्बन्धित सवारीधनीले हैरानी खेप्नुपरेको थियो । श्रेष्ठको गाडी चलाउने सोख आश्चर्यजनक रहेको प्रहरीले जनाएको छ । – कान्तिपुर दैनिक