पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक ५, काठमाडौं । दुई छिमेकी राष्ट्र चीन र भारत जोड्ने उत्तर-दक्षिण नेपालकै छोटो राजमार्गमा कोसी सडक आयोजना कार्यालयले सर्भेअनुसार डिजाइन स्टमेट गरी ठेक्का लगाइएको रुट परिवर्तन गर्न खोजेपछि विवाद चर्किएको छ ।

कार्यालयले पुरानो सर्भेअनुसारको बाटो परिवर्तन गरी नयाँ नयाँ बाटोमा सडक खन्ने तयारी गरेपछि विवाद भएको जनाइएको छ ।

कोसी राजमार्ग अन्तर्गतको हटिया किमाथांका सडकमा सडक कार्यालयले जबरजस्तीइ पथ परिवर्तन गरी निर्माण सुरु गर्न खोजेपछि स्थानीयले सडक निर्माणमा अवरोध गरेका हुन् ।

तीन वर्षभित्रमा सडकको ट्रयाक खोल्ने समहतिमा ठेकेदारले काम सुरु गरे पनि आयोजना प्रमुख र इन्जिनिययरले रुट परिवर्तन गर्न खोज्नुको कारण स्थानीयले माग गरेका छन् ।

ठेकेदारसँगको आर्थिक प्रलोभनले रुट परिवर्तन गरेको हुनुसक्ने स्थानीयको आरोप छ । -अन्नपूर्ण पोष्ट दैनिक