पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/a62b6f90b5f5854e8e7bb92be21d49b11477014477.jpg" style="float: left;"><b>कात्तिक ५, काठमाडौं ।</b> श्रीमती र सालाले मिलेर हत्या गरेको छिमेकीको उजुरीका आधारमा कैलाली प्रहरीले चितामा जलाउन ठिक्क पारिएको शव नियन्त्रणमा लिएको छ ।<br></p><p>धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडका ४० वर्षीय नायारण उपाध्यायको शव मोहना आर्यघाटमा चितामा जलाउन ठिक्क पारेका बेला त्रिनगर सीमा प्रहरी चौकीले नियन्त्रणमा लिएको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।</p><p>कैलाली धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडका नारायण र उनी श्रीमतीलको १२ वर्षदेखि बोलचाल बन्द थियो । भारतीय सहर गौरिफन्टाबाट सामान बोक्ने दुर्गाले बेरोजगार पतिलाई बोझ ठानिरहेको छिमेकीले बताएका छन् । -अन्नपूर्ण पोष्ट दैनिक</p>

