Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अचानक कसरी दर्ता भयो महाअभियोग प्रस्ताव ?

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ५, काठमाडौं । संसद्ले बुधबार महाअभियोग सिफारिस समिति गठनको निर्णय गर्दासम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आउँछ भन्ने कसैलाई पत्तो थिएन । एमाले र माओवादी केन्द्रका १ सय ५७ सांसदले प्रस्ताव दर्ता गराइसकेपछि मात्र यो खबर थाहा भयो ।

आखिर कसरी दर्ता भयो अचानक प्रस्ताव ?

एमाले अध्यक्ष केपी ओली र उनका निकटवर्ती नेताले भने केही दिनअगावैदेखि यसको तयारी गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा कार्कीलाई कारबाही गर्नुपर्छ भन्नेमा सैद्धान्तिक रुपमा सहमत भएपनि तत्काल महाअभियोग लगाउने पक्षमा थिएनन् ।

सर्वोच्चको म्याद छल्न झन्डै तीन साताको विदेश बसाइबाट बुधबार मात्रै स्वदेश फर्किएका कार्कीले आफ्नो पक्षमा माहोल बनाउन केही नेतालाई भ्रष्टाचारको आरोपमा पुर्जी काट्ने आकलन सहित तत्कालै महाअभियोग प्रस्ताव दर्ता भएको स्रोतको दाबी छ ।

‘निराधारै भए पनि उनले केही नेतालाई पत्रमात्रै काट्न भ्याएको भए महाअभियोगको नैतिक बल कमजोर हुन्थ्यो,’ गृहकार्यमा सहभागी एक नेताले भने, ‘कार्कीले अख्तियारको पुर्जी थमाउने र प्रचारात्मक कार्यका लागि एमाले र माओवादी केन्द्रका पहिलो र दोस्रो तहका केही वरिष्ठ नेताको सूची नै तयार गरेको सूचना आएको थियो ।’

अख्तियार प्रमुखका रुपमा कार्कीले टंगालबाट सञ्चालन गरिरहेको समानान्तर सत्ताका कारण ओली, प्रचण्ड र देउवासहित प्रमुख दलका वरिष्ठ नेताहरु चिढिएका थिए । -कान्तिपुर दैनिक