Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सबै मन्त्रीहरुको सम्पत्ति विवरण सरकारले गोप्य राख्यो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ५, काठमाडौं । सरकारले सबै मन्त्रीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालगायत सबै मन्त्री र राज्यमन्त्रीले आफ्नो सम्पत्ति विवरण गोप्य राखेका छन् । प्रचण्ड मन्त्रीपरिषद ३१ सदस्यी छ । यसअघिका सरकारमा रहेका मन्त्रीहरुले सम्पत्ति विवराण् सार्वजनिक गर्ने परम्परा थियो ।

प्रधानमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति विवरण गोप्य राखेपछि उनीहरुको नैतिकता र आचरणमाथि प्रश्न सिर्जना भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरुको सम्पत्ति विवरण प्राप्त भएको छ । तर, सम्पत्ति विवरण सार्वजनिक गर्न उनिहरुले अनिच्छा देखाएकाले सार्वजनिक नगरिएको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पदधारण गरेका प्रधानमन्त्रीसहित उच्चपदस्थ पदाधिकारीहरुले पदमा बहाल भएको ६० दिनभित्र अनिवार्य रुपमा सम्पत्ति विवरण बझउनुपर्छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरुले पदमा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गर्नसक्ने भएकाले त्यस्तो प्रवृत्तिलाई अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रीहरुले आ–आफ्नो सम्पत्ति विवरण आमजनतासमक्ष सार्वजनिक गर्ने परम्परा छ ।

तर, प्रचण्डसहित सबै मन्त्रीको सम्पत्ति विवरण सिलबन्दी गरेर प्रधानमन्त्री कार्यालयमा राखिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जानकारी दियो । -नयाँ पत्रिका दैनिक