2026-06-20 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ कार्कीविरुद्ध महाभियोगको प्रक्रिया

कात्तिक ७, काठमाडौं | एक चौथाई सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता गराएको महाभियोगको प्रस्ताव आइतबारको बैठकमा प्रस्तुत हुने कार्यसूची तय भएको छ ।

संसदले महाभियोग प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनुअघि केही समय लिन सक्ने भए पनि सिफारिस समितिले कार्य प्रारम्भ गरेको तीस दिनभित्र सदनमा अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । महाभियोग प्रस्तावमाथि संसदको पूर्ण बैठकमा सामान्य छलफल मात्रै हुन्छ भने महाभियोग सिफारिस समितिले विस्तृत अनुसन्धान तहकिकात गर्ने प्रावधान छ । 

कार्कीविरुद्धको महाभियोग प्रस्तुत गर्ने कार्यसूचीमा बिहीबारका लागि डाकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख ओनसरी घर्तीले सूचनाद्वारा आइतबारसम्मका लागि स्थगित गरेकी थिइन् । प्रधानमन्त्री दाहालले कांग्रेससहितका दलहरुसँग छलफलका लागि समय माग गरे पनि यसबीचमा प्रमुख दलका नेताहरुबीच औपचारिक छलफल भएको छैन । सदनमा प्रस्ताव पेश भएपछि आइतबारै अर्को बैठक गरी छलफल थाल्ने वा दलीय छलफलका लागि थप समय पर्खने भन्ने यकिन नभएको संसद सचिवालयका अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका १ सय ५७ सांसदहरुले अघि बढाएको महाभियोग प्रस्ताव पारित हुन संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थन अनिवार्य छ । संविधान र संसदको नियमावली अनुसार महाभियोग प्रस्ताव पारित हुन संसदको दुई तिहाई मत आवश्यक पर्छ । संसदमा कांग्रेसको सिट संख्या (२०७) एक तिहाईभन्दा बढी छ । – कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ