पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/29bf36c144665e6b48e41d54ae5b74711477190483.jpg" style="float: left;"><b>कात्तिक ७, काठमाडौं । </b>नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरूद्ध परेको महाअभियोगकै पक्षमा रहेको बताएका छन् ।<br></p><p>नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधामन्त्री पुष्पकमल दाहालसँग शनिबार गरेको भेटमा देउवाले महाअभियोग पारित गराउने पक्षमा आफू रहे पनि पार्टी भित्रको विवादले निर्णय गर्न केही अफ्ठेरो परिरहेको बताए ।</p><p>प्रधानमन्त्री दाहालसँग सभापति देउवाले पार्टीभित्र सहमति कायम गर्ने प्रयत्न जारी रहेको समेत जानकारी दिएको दाहालले माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकमा बताएका थिए । -राजधानी दैनिक </p>

