पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कात्तिक ८, काठमाडौं |</b> संसदीय समितिको निर्देशन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन विपरित दुई साताअघि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको लाभांश रकम विदेश लैजान दिएको खुलासा भएको छ ।<br></p><p>स्वीकृति नलिई कम्पनीमा लगानी थप गरेका कारण चार वर्षदेखि रोकिएको ८ अर्ब ८० करोड रूपैयाँ राष्ट्र बैंको एकलौटी निर्णयबाट विदेश लैजान दिइएको हो । उक्त रकम वेष्ट इन्डिजमा दर्ता रहेको ‘रेनहोल्ड होल्डिङ’ कम्पनीमा ट्रान्सफर भइसकेको राष्ट्र बैंक स्रोतले बतायो ।</p><p>कार्कीको निरन्तर दबाबपछि राष्ट्र बैंकका गभर्नर चिरञ्जीबी नेपालले दसैं विदा सकिएको भोलिपल्टै असोज २७ गते उक्त रकम विदेश लैजान दिने निर्णय गरेका हुन् । – कान्तिपुर </p>

