Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तिहारअघि नै बल्दैछ फोहोरबाट बत्ती

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ८, काठमाडौं | काठमाडौँ महानगरपालिकाले तिहारअघि नै टेकूस्थित फोहोर स्टेसनबाट निकालिएको ग्यासबाट बत्ती बाल्न सुरु गर्ने भएको छ।  गतवर्ष नमूना परीक्षणका रूपमा दैनिक तीन टन फोहोर जम्मा गर्दै आएको महानगरपालिकाले फोहोरबाट निस्किएको ग्यासबाट बत्ती बाल्न लागेको हो ।

गएको असारदेखि उक्त ठाउँमा बत्ती बालिने भनिएको भए पनि भारतबाट मेसिनरी सामग्री र प्राविधिक नआएकाले केही ढिला भए पनि आउँदो साता भने प्राविधिक आउने निश्चित भएको महानगरपालिकाले जनाएको छ।  महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले यही साता भारतबाट मेसिन र प्राविधिक आएपछि फोहोरबाट निस्केको ग्यासलाई विद्युत्मा परिणत गरेर बत्ती बाल्ने तयारी गरेको जानकारी गराए।

उत्पादित विद्युत् टेकूका सडकबत्ती र टेकूस्थित महानगरको फोहोर ट्रान्पोर्टेसन क्षेत्रमा प्रयोग गरिने र परीक्षणपछि महानगरपालिकाबाट निस्कने सबै फोहोर प्रशोधन गरी बिजुली निकालिने कार्कीले बताए। एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवद्र्धन परियोजना सम्पन्न गर्न करिब सवा तीन करोड रुपियाँ छुट्याइएको र यस अन्तर्गत युरोपियन युनियनको ८० प्रतिशत तथा महानगरपालिकाको २० प्रतिशत लगानीमा परियोजना सञ्चालन भइरहेको छ ।

कार्कीले भने, ‘पहिलो प्राथमिकता भनेको फोहोरबाट बायोग्यास र त्यसबाट बिजुली निकाल्ने नै हो, यो पाइलट प्रोजेक्ट हो, सफल भए अन्य क्षेत्रका साथै देशभर विस्तार गर्न सकिन्छ।’ महानगरपालिका अन्तर्गतको वातावरण महाशाखा अनुसार तीनवर्षे परियोजना अन्तर्गत महानगरको वडा नं. १२ र १९ मा जैविक फोहोर छुट्ट्याउने काम भइरहेको छ ।  महानगरपालिकाले वार्षिक करिब ५० करोड रुपियाँ फोहोर व्यवस्थापनमा खर्चिंदै आएको छ । – गोरखापत्र