पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक १०, काठमाडौं | अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले ८ वर्षअघि आफूमाथि कारबाही नटुंगिदै योजना आयोगको विशेष अधिकृत पदबाट राजीनामा गरेको भेटिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उच्च स्रोतबाट प्राप्त कागजात अनुसार सामान्य प्रशासन मन्त्रालयले कारबाही प्रक्रिया जारी राखेको र त्यसक्रममा लोकसेवा आयोगमा परामर्शका लागि पत्राचार गरेकै अवस्थामा कार्कीले २०६५ भदौ २५ गते राजीनामा गरेको खबर छ ।

उनको उक्त राजीनामा २०६५ असोज ४ गते स्वीकृत भएको थियो। भूकम्पमा हराएको भनी सर्वोच्चलाई जवाफ पठाएको प्रधानमन्त्री कार्यालयले सर्वोच्चको चेतावनीपछि फाइल भेट्टाएको हो। – कान्तिपुर