Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राजधानीका रत्नपार्क र पुतलीसडक सबैभन्दा धेरै प्रदुषित

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १२, काठमाडौं | राजधानीको रत्नपार्क र पुतलीसडक क्षेत्र सबैभन्दा धेरै प्रदुषित छन् ।

वातावरण विभागले राखेको वायु प्रदुषण मापन केन्द्रको तथ्थांकले यी क्षेत्रमा सबैभन्दा धेरै प्रदुषण देखाएको हो।

दुवै क्षेत्र सवारी साधनको चाप हुने क्षेत्र हो। सामान्यत एउटा मापन केन्द्रले १० क्युविक किलोमिटर क्षेत्रसम्म वायुको अवस्थाको अध्ययन गर्छ। प्रदुषण सन्तुलनमा हुन एक सय २० क्युविक हुनुपर्छ । रत्नर्पाक क्षेत्रमा १ हजार ४ सय ४ क्युविक सम्म पुगेको छ।

पुल्चोक र धुलिखेलको तथ्यांक आएन

वातावरण विभागले ललितपुरको पुल्चोक, काभ्रेको धुलिखेल र रत्नपार्कमा वायु प्रदूषणसम्बन्धी मापन केन्द्र राखेको छ । तर, पुल्चोक र धुलिखेलको तथ्यांक आउन सुरु गरेको छैन । रत्नपार्कमा सञ्चालनमा रहेको मापन केन्द्रले आफ्नो क्षेत्रको बारेमा तथ्यांक दिन थालेको छ।

तीन स्थानको मापन केन्द्र सञ्चालन गर्न २५ लाख

स्वास्थ्य अनुसन्धान परिषद्ले ०७१-७२ मा एक वर्ष समय लगाएर अनुसन्धान गर्दा राजधानीको वायु अत्यन्तै प्रदूषित रहेको तथ्य बाहिर ल्याएको थियो । वायु प्रदूषण मापन गर्न पुतलीसडक, ललितपुरको महालक्ष्मीस्थान, भक्तपुरको जगातीमा राखिएको स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. खेम कार्कीले बताए । तीनवटा मापन केन्द्रको मेसिन जडान गर्न १७ लाख रुपैयाँ लागेको थियो । अरू प्राविधिकलगायत अपरेटिङ खर्च २५ लाखभन्दा धेरै भएको कार्कीले बताए । – नयाँ पत्रिका