Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपाल प्रहरीमा पदपूर्ति भएन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक १२, काठमाडाैं |</b> &nbsp;प्रहरीमा खुल्ला प्रतिस्पर्धाबाट लिइने प्रहरी जवान, प्रहरी सहायक निरीक्षक र प्रहरी निरीक्षकको २ हजार ४ सय ७४ पद रिक्त छ । प्रहरी प्रधान कार्यालयले भने ६ सय ३७ जनाका लागि मात्रै भर्ना खुल्ला गरेको छ ।&nbsp;<br></p><p>सार्वजनिक कार्यक्रमहरूमा प्रहरी नेतृत्वले अपराध अनुसन्धान र शान्ति सुरक्षामा जनशक्ति अभाव रहेको तर्क गर्दै आएको छ । प्रधान कार्यालयको मानवस्रोत विभागका अनुसार संगठनमा प्रहरी कार्यालय सहायकदेखि डीआईजीसम्म ३ हजार ७ सय ९७ पद रिक्त छ । तर त्यसलाई पूर्ति गर्न नयाँ भर्ना र बढुवा प्रक्रिया अगाडि बढाइएको छैन ।</p><p>प्रहरी प्रवक्ता हेमन्त मल्लका अनुसार प्रहरी निरीक्षकमा ८६ र प्रहरी सहायक निरीक्षक (असई) मा ५ सय ५१ पदका लागि भर्ना आहवान भएको छ । मानवस्रोत विभागको तथ्यांकमा प्रहरी निरीक्षकमा २ सय ४ र असईको ७ सय १० पद रिक्त छ । खुल्ला प्रतिस्पर्धाबाट छानिने प्रहरी जवानको १ हजार ८ सय ३७ पद रिक्त भए पनि भर्ना प्रक्रिया सुरु भएको छैन । – कान्तिपुर दैनिक&nbsp;</p>