पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/ea36f847bc14129529dc7f651ad5d1ce1478914116.jpg" style="width: 721px; float: left;"><b>कात्तिक २७, काठमाडौं । </b>जिल्ला विकास समिति झपाले जथाभावी खोला उत्खनन गर्न अनुमति दिएका कारण अबकहो पाँच वर्षमा सिँचाई सुविधा पुगेका झपाका करिब दुई हजार हेक्टर जमिन बाँझो हुने सिँचाई विकास डिभिजन कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद तिवारीले चेतावनी दिएका छन् ।<br></p><p>उनले झापाको बुधबारेको उर्बर जमिनमा सिँचाई गर्ने बिरिङ खोलामा जथाभावी उत्खनन भइरहेकाले बुधबारेकैधान फल्ने जग्गा बाँझो हुने बताएको छ ।</p><p>शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा छलफल कार्यक्रम आयोजना गरेर उनले यस्तो चेतावनी दिएका हुन् । विरिङ खोलाबाट खेतमा सिँचाइ पु¥याउन आधा दर्जन योजना सञ्चालित छन् । केही योजना आउने क्रममा रहेको उनले जानकारी दिए । -अन्नपूर्ण पोष्ट दैनिक </p>

