पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २८, काठमाडौं । अपराध अनुसन्धालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले तीक्ष्ण क्षमता भएका ९ ओटा कुकुर ल्याउने भएको छ ।

नेपाल प्रहरीको कुकुर तालिम स्कुलले संयुक्त राज्य अमेरिकाबाट ‘ब्लड हाउन्ड’ र बेल्जियन सेफर्ड प्रजातिका त्यस्ता कुकुर ल्याउन लागेको हो ।

९ मध्ये ६ वटा नेपाल प्रहरीले खरिद गरेर तीन ओटा अमेरिकी सहयोगमा ल्याउन लागेको बताइएको छ ।

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन तालिमप्राप्त दक्ष्य कुकुरको आवश्यता पर्ने भएकाले ती कुकुर खरिद गर्न लागिएको स्रोतको दाबी छ ।

खरिद गर्न लागिएका ती कुकुरहरु हाल प्रहरीसँग भएकाभन्दा निकै सुघ्नसक्ने क्षमता र निकै तीक्ष्ण भएको प्रहरी दावी छ । -राजधानी दैनिक