पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २८, काठमाडौं । बाँकेका ग्यास उद्योगहरुले चुहावट भएका पुराना तथा गुणस्तरहीन सिलिन्डर बजारमा पठाइरहेको खुलासा भएको छ ।

नेपालगञ्ज लगायतका क्षेत्रका अधिकांश उपभोक्ताका घरमा चुहावट भएका ग्यास सिलिन्डर पठाइएको खुलासा भएपछि उपभोक्ता आतंकित भएका छन् ।

चुहावट भएको सिलिन्डरकै कारण नेपालगन्ज, धम्बोझीको सोल्टी सेकुवा कर्नरमा आगो लागेको घटना सेलाउन नपाउँदै नेपालगन्ज ११ का शमसुदीन सिद्धिकीको घरमा मगाइएको ग्यास सिलिन्डर पनि चुहावट भएको पाइएको छ ।

चुहावट भएको ठाउँमा मैनवत्तीले टालेर ग्यास उद्योगले ग्रहकका घरमा पठाएको पाइएको हो । -कारोबार दैनिक