पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २८, काठमाडौं । लेटर प्याड सकिएपछि राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई उपलव्ध गराउँदै आएको माइग्रेसन, प्रोभिजनल, ट्रान्सक्रिप्ट तथा स्थायी प्रमाणपत्र वितरण स्थगित गरेको छ ।

यसअघि उच्च माध्यमिक शिक्षापरिषदका नाममा वितरण गरिँदै आएको यस्ता प्रमाण्पत्र शिक्षा ऐन संशोधनसँगै राष्ट्रिय परीक्षा बोर्डबाट वितरण गर्नुपरेको थियो ।

ऐन संशोधन भएपछि असार १५ मा उच्च माध्यमिक शिक्षा परिषद खारेज गरी परीक्षा बोर्ड बनाइएको थियो ।

परीक्षा बोर्डगठन भएपनि बोर्डका नामबाट तत्काल विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्न असम्भव भएपछि सोही दिनदेखि प्रमाणपत्रको तल्लो भागमा नोट लेखेर परिषद्को नामबाटै वितरण गरिँदै आएको थियो ।

तर परिषद को लेटर हेर्ड लेखिएका यस्ता प्रमाणपत्र पनि अहिले सकिएको छ । जसका कारण बोर्डले मंसि २० गतेसम्मका लागि सबै प्रकारका प्रमाणपत्र वितरण स्थगित गरेको छ । -अन्नपूर्ण पोष्ट दैनिक