पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कात्तिक ३०, काठमाडौं |</b> नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ। यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारू) कागजको खोस्टासरह हुने भएको छ।<br></p><p>भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने व्यवस्था गर्न आरबिआईसमक्ष पत्राचार गरेको थियो। आरबिआईले जवाफमा सटही सुविधा दिने अधिकार आफूसँग नभएको बताएको हो।</p><p>राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार आरबिआईले राष्ट्र बैंकको पत्रको जवाफ दिदैं नेपालसँग रहेको भारुको सटही सुविधा दिने–नदिने निर्णय भारतीय सरकारको हातमा मात्र रहेको बताएको छ। – नागरिक दैनिक </p>

