Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दौडिएरै नथाक्ने एउटा बीर नेपाली ! (आरोहण डायरी)

By साझासवाल 8 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | दौडियो भने खेलाडी भइन्छ, खेलाडी हुन सकिएन भने स्वस्थ भइन्छ भन्ने कुरा ध्यानमा राखेर दौडन शुरु गरेका संजय पण्डित अहिले सफल धाबक र पर्वतारोहीका रुपमा परिचित छन् | सानोमा बस चड्ने पैसा नहुँदा पैदल हिड्नुपर्ने बाध्यतादेखि उनको धावन यात्रा शुरु भएको थियो, आफु कुनैदिन धावक सक्छु भन्ने त लागेकै थिएन तर पनि दौडने क्रममै पहिलो काठमाडौँ अन्तरास्ट्रिय म्याराथनमा (४२किमि ) मा भाग लिने अवसर पाए | त्यसपछि लगतै उनले २०६५ सालमा काठमाडौँदेखि खासासम्मको १ सय २७  कि मि दौड ११ घण्टा २० मिनेटमा पुरा गरे |

पण्डितले रिअल अन्तराष्ट्रिय म्यारथन, तेन्जिंग हिलारी म्याराथन, मनास्लु अल्ट्रा म्याराथन २१३ किमि, कस्पोक म्याराथन लगाएत थुप्रै प्रतिस्पर्धामा भाग लिए | यसै क्रममा खासा-काठमाडौँ, काठमाडौँ-गोर्खा दरबार, काठमाडौँ-खासा, सामागाउ-गोर्खा दरबार, लुक्ला-आइल्याण्ड पिक, स्वोर्गद्वारी-काठमाडौँसम्मको लामो दुरी पनि दौडिएर पुरा गरे | हालसम्म उनले उनले आफुलाई २ हजार ४ सय ९५ कि मि लामो दौडिएर लामो दुरीका धाबकको रुपमा नाम लेखाउन सफल भए | २०४५ सालमा प्युठानमा जन्मिएका उनलाई सानै उमेरमा यति काम गर्न सक्छन भन्ने कसैले पनि विश्वास गरेका थिएनन् | धेरैले यस्तो मुर्खता नगर भनेर सम्झाए पनि | तर, संजयले आफ्नो लक्ष प्राप्तिका लागि कसैका कुरा सुनेनन् र लगनशील भएर अगाडी बढे | यतिकैमा उनलाई अरुभन्दा भिन्न भएर क्रितिमानी राख्ने सोच पलायो र पर्वतारोहणतर्फ मोडिए | लुक्लाबाट कुदेरै ३ दिनमै आइल्याण्डपिकको सफल आरोहण गरे | अरुलाई त्यहाँ पुग्न करिब १२ दिन लाग्छ | त्यसपछि नेपालको सगरमाथा, विश्वको आठौँ ठूलो पर्बत मनास्लु, चुकुन्ग्री पिक, नागार्जुन पिक लगाएतको आरोहण गरे | संजयले २ पटकको प्रयासमा सगरमाथाको आरोहण गरेका थिए | सन् २०१२ मा ८६८५ मि उचाईसम्मको आरोहणबाट फर्किनु पर्दा उनि निराश भएर फर्केका थिए | लगतै २०१२ मा को अटम सिजनमा प्राण घातक हिमालको रुपमा चिनिने मनास्लुको सफल आरोहण गरेका थिए भने २०१३ मा सगरमाथाको सफल आरोहण गरेका थिए | पण्डितको पर्वतारोहणमा अर्को कृतिमान पनि थपिएको छ | उनि नेपालकै पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने पहिलो बिस्व आरोही हुन् | उनले सन् २०१४ को नोवेम्बरमा अस्ट्रेलिया महादेशको सर्बोच्च शिखर कोजियसको उल्टो हिडेर सफल आरोहण गरेका थिए भने सन् २०१५ को डिसेम्बरमा अफ्रीका  महादेशको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेट उल्टो हिडेर अर्को कृतिमान कायम गरेका थिए | उनले किलिमन्जारो अनि कोजियास्कोमा नेपाली दौरा सुरुवाल भादगाउले टोपी आरोहण अबधि भर लगाएर सफल सफल आरोहण गरेका थिए |

उनले यूरोपको सर्बोच्च शिखर एल्ब्रसको टाकुरामा ६ मिनेट ०३ सेकेन्ड अर्धनंगिएर प्रख्यात आरोही बीच एउटा नयाँ आयाम थप्न सफल भए | त्यस्तै अमेरिकी तथा जापानका सर्बोच्च शिखरहरुमा नेपाली दौरा सुरुवाल, भादगाउले टोपी पर्दशन गर्दै नेपालको राष्ट्रिय गित गाउन सफल भए | उनि सात महादेशीय हिमाल मध्य निकै कठिन तथा आर्थिक रुपमा जटिल अन्टारटिका महादेशको सर्बोच्च शिखर आरोहणको तयारीमा रहेका छन् |

हाल कान्तिपुर इन्टरनेस्नल कलेजमा एमबिए अध्यन गर्दै गरेका पण्डितले अध्ययन धाबन र पर्वतारोहणलाई सँगसँगै लगेका छन् | दौडन र हिमाल आरोहण गर्न मात्र म जन्मिएको हुँ जस्तो लाग्छ, "संजय भन्छन भबिश्यमा यी दुइ क्षत्रमै थप केहि नयाँ काम गर्ने सोचाइमा छु "|  उनको प्रतिभाको कदर गर्दै नेपाल सरकारले जन सेवा श्री पर्बल पुरुस्कार-२०१६, युवा राष्ट्रिय प्रतिभा पुरुस्कार-२०१४, साहषिक खेलकुद राष्ट्रिय नायक-२०१५ बाट पनि सम्मानित भैसकेका छन् | अस्ट्रेलियाको सर्बोच्च शिखरमा उल्टो हिडेर आरोहण गरेको सम्झनामा पण्डितले नोवेम्बेर-२२ का दिन काठमाडौँ देखि उल्टो हिडेर दोलाल घाटसम्म पुग्ने र अर्को बर्ष देखि उल्टो दौड म्यरथन प्रतिस्पर्धात्मक दौड आयोजना गर्ने सोचमा रहेको संजय पण्डितले जानकारी दिए |

(साभार नेपाल समाचार पत्र )