2026-06-20 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पूर्वराजा ज्ञानेन्द्रको भारत तथा चीन भ्रमण ‘प्रतिगामी षड्यन्त्र’’

मंसिर १२, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रको भारत तथा चीन भ्रमणलाई 'प्रतिगामी षड्यन्त्र' का रूपमा चित्रण गर्दै संविधानमा स्वीकार्य बढाएर मुलुकलाई निर्वाचनमा नलगे राजनीतिक उपलब्धि गुम्ने खतरा रहेको औंल्याएका छन् ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार भएको पोलिटब्युरो बैठकमा प्रधानमन्त्री दाहाल पूर्वराजा ज्ञानेन्द्रले भारत र चीनमा गरेको भ्रमण र त्यहाँ भएका छलफलको जानकारी पाएजस्तो गरी प्रस्तुत भएका थिए ।

उनले भने, 'ज्ञानेन्द्रको उत्तर र दक्षिण मुभ, अँध्यारा कोठाहरूमा भइरहेका छलफल प्रतिगामी चलखेल र षड्यन्त्रका रूपमा भइरहेका छन् । संविधानमा स्वीकार्य बढाएर मुलुकलाई निर्वाचनमा लैजान सकेनौं भने राजनीतिक उपलब्धि गुम्ने खतरा छ । राजनीतिक उपलब्धिका लागि हाम्रो योगदान थियो । त्यसलाई बचाउन हाम्रो योगदान चाहिन्छ । हिमाल, पहाड र तराईलाई एक ढिक्का बनाएर संविधान कार्यान्वयन गराउनुपर्नेछ ।'

बैठकमा उनले प्रस्तावित संविधान संशोधन विधेयकमा मधेस केन्द्रित दलहरूले सहमति नजनाए माओवादी केन्द्रको पूर्ववर्ती निर्णयअनुसार दस प्रदेशको एजेन्डामा जाने चेतावनी दिए । यद्यपि मधेस केन्द्रित दलहरूसँग संशोधनका लागि सहमतिको भगीरथ प्रयास दाहालले गरिरहेका छन् ।

माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा शनिबार प्रधानमन्त्री दाहालले संशोधनमा सत्ता गठबन्धन र मधेस केन्द्रित दलका बीचमा सहमति नभए आफ्नो पार्टीले यसअघि ल्याएको जाति, भूगोल र भाषामा आधारित १० प्रदेशको एजेन्डा अघि बढाउनुपर्ने प्रस्ताव ल्याएको नेता लोकेन्द्र बिष्टमगरले बताए ।

प्रमुख प्रतिपक्ष एमाले संशोधनको विपक्षमा उभिएपछि आइतबार सत्ता गठबन्धनका दलसँग निर्णायक छलफल गर्ने तयारीमा आफू रहेको दाहालले बैठकमा बताएका थिए । संशोधन कहिलेसम्म संसद्मा दर्ता गर्ने भन्नेबारे केही नबताएका उनले आइतबार पनि यसमा साझा धारणा बनाउन छलफल गरिने बताए । संशोधन, पार्टी संगठन, निर्वाचन, सरकार र अहिलेको राजनीतिक अवस्थामा केन्द्रित पार्टी पोलिटब्युरो बैठकमा प्रधानमन्त्री दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहको चीन भ्रमणलाई 'प्रतिगामी षड्यन्त्र' को दायाराभित्र राखेर विश्लेषण गरेका छन् ।

'संशोधन प्रस्ताव हतार गरेर संसद्मा दर्ता गराउने पक्षमा छैनौं । मधेसी दल सहमत नभई संशोधन प्रस्ताव गरिने छैन । हतारमा प्रस्ताव पेस गर्ने, असफल हुने, स्वामित्व कसैले नलिने र फिल्डमा पनि राम्रो सन्देश नजाने अवस्थामा प्रस्ताव ल्याइँदैन, त्यही भएर हामीले सत्ता गठबन्धनमा रहेका दलसँग आइतबार निर्णायक छलफल गर्दैछौं', बैठकमा प्रधानमन्त्री दाहालले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ