मंसिर १२, काठमाडौं | संविधान संशोधनका लागि संसदको दुई तिहाई मत पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १२, काठमाडौं | संविधान संशोधनका लागि संसदको दुई तिहाई मत पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन"/>
2026-06-20 11:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमल थापालाई उपप्रधानमन्त्री बन्न प्रधानमन्त्रीको आग्रह

मंसिर १२, काठमाडौं | संविधान संशोधनका लागि संसदको दुई तिहाई मत पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गरेका छन्।

प्रमुख प्रतिपक्षी एमाले संशोधनमा सहभागी नहुने भएपछि राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्रीसहितको सम्मानजनक जिम्मेवारी दिएर संशोधनका लागि दुई तिहाइ पुर्‍याउने प्रधानमन्त्रीको प्रयास छ । 

प्रधानमन्त्रीको आग्रहबारे अध्यक्ष थापाले आधिकारिक निर्णय गर्न सकेका छैनन् । केही दिनअघिमात्र एकीकरण भएको पार्टीमा विधिवत रुपमा यो प्रस्ताव लैजाने समय थापाले पर्खिरहेको स्रोत बताउँछ।

प्रधानमन्त्री दाहालले अनौपचारिक रुपमा उपप्रधानमन्त्रीसहित परराष्ट्र वा स्थानीय विकासमध्ये एक मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेको स्रोतले बतायो।

हाल परराष्ट्र मन्त्रालयको नेतृत्व कांग्रेस नेता डा.प्रकाशशरण महत र स्थानीय विकास मन्त्रालयको नेतृत्व माओवादी केन्द्रका नेता हितराज पाण्डेले गरिरहेका छन् ।

प्रधानमन्त्रीका लागि अध्यक्ष थापालाई सरकारमा सहभागी गराउन परराष्ट्रभन्दा स्थानीय मन्त्रालयको जिम्मेवारी दिनु सहज हुन्छ । दाहालका प्रियपात्र पाण्डे स्थानीय विकासमन्त्री छन् । राप्रपाले उपप्रधानमन्त्रीसहित परराष्ट्र वा स्थानीय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी मागेको दाबी स्रोतले गरेको छ ।

संशोधन विधेयकमा दुई तिहाइ मत पुर्‌याउन अध्यक्ष थापालाई सत्तामा ल्याउने गृहकार्यमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा सक्रिय रहेको दाबी स्रोतको छ । उपप्रधानमन्त्रीद्वयले अध्यक्ष थापाका निकटतम् सहयोगीसँग समेत परामर्श गरिरहेका छन् । पार्टी एकता भएको केही दिनमै सत्तामा जाने प्रस्ताव राख्ने कि नराख्ने र सत्तामा गएपछि संशोधन प्रस्ताव असफल भएमा आफ्नो नेतृत्वमा समेत प्रश्नचिह्न उठ्ने त्रासमा अध्यक्ष थापा रहेको स्रोतले बतायो ।

पूर्वमन्त्री रामकुमार सुब्बाले पार्टी अध्यक्ष थापालाई सत्तामा आउन प्रधानमन्त्री दाहालबाट प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा प्रस्ताव आएको बताए । उनले अन्नपूर्णसँग भने, 'सत्तामा जाने÷नजाने विषयमा अध्यक्षले आधिकारिक निर्णय लिने वा निर्णयका लागि प्रस्ताव लग्ने काम गरिरहनुभएको छैन ।' राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन गर्दै मुलुकलाई निकास दिने हो भने राप्रपालाई सत्तामा सम्मानजनक स्थान दिनुपर्छ भन्ने मान्यतामा आफू र पार्टी रहेको बताए ।

राप्रपा अध्यक्ष थापा सत्तामा आए संशोधनमा दुई तिहाइ मत पुग्ने विश्वास प्रधानमन्त्रीको छ । प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, 'एमालेका मधेसी मूलका ३७ जना सांसदमध्ये धेरैबाट पनि मत पाउने आशा राखेका छौं । यद्यपि राप्रपाका अध्यक्षसमेत सरकारमा सहभागी हुँदा बहुमत पुर्‌याउन सहज हुने विश्वास गरेका छौं ।' – अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ