Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

विप्लव माओवादीको कब्जामा भन्सार प्रमुख

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १९, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले समानान्तर सत्ताकै आभास हुने किसिमका क्रियाकलाप संचालन गर्दै आएको छ ।

केही दिनअघि काठमाडौंको एक चर्चित होटलमा विप्लव माओवादीका कार्यकर्ताले बिराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतलाई एक प्रकारले हिरासतमा लिएर केरकार गरी २५ लाख रुपैयाँ माग गरेको समाचारले समानान्तर सत्ता चलाइरहको पुष्टी गरेको छ ।

विप्लव निकट नेकपा माओवादकिा कार्यकर्ताले उनलाई होटलमा लगेर कुन कुन दिन कस कसका सामान भन्सार छली गरी भित्र्याएको हो ? त्यसको प्रज्ञापनपत्रको फोटोकपीसमेत तेस्र्याएर बस्नेतसँग २५ लाख रुपैयाँ बार्गेनिङ गरेको स्रोतले बतायो ।

स्रोतका अनुसार भन्सार प्रमुख बस्नेतमाथि विप्लव माओवादीका कार्यकर्ताले बिराटनगर भन्सारबाट खुलेआम भन्सारछलीका सामान नेपालमा भित्रन दिएर अरबौं रुपैयाँ राजस्व मारी ४ करोड रुपैयाँ घुस लिएको विवरण पेश गरेपछि उनी अवाक भएका थिए ।

विप्लव माओवादीका कार्यकर्तासँग अन्तिममा १० लाख रुपैयाँ पार्टीलाई दिने सर्तमा उनी होटलबाट मुक्त भएका थिए । -दृष्टि साप्ताहिक