Skip to content
Friday, July 17, 2026 Nepali Online Media

राजधानीमा गुन्डा सलबलाउन थाले

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १, काठमाडौं | प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलवलाउन थालेका छन् ।

प्रहरी मुठभेडमा २ गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु सक्रिय भएका हुन् ।

गुन्डानाइके चरी र घैंटे मारिएपछि डरले भागेका गुन्डा नाइके हाल आपसमै भिड्न थालेका छन् । काठमाडौमा शुक्रबार सुरक्षित र संवेदनशिल मानिएको दरबारमार्गमा काभ्रेली समूह र राम गिरी समूहवीच भिडन्त भएको छ।

दरबारमार्ग वृत्तका प्रमुख डिएसपी कृष्णबहादुर पल्लीमगरले घटना सामान्य झगडा भएको बताए। उनले घटनामा गिरी घाईते भएको बताउँदै लामा र उनका सहयोगी प्रविण खड्का पक्राउ परेको जानकारी दिए।

‘सामन्य झगडा भएको हो, एकजना घाइते र दुईजना पक्राउ परेका छन, आवश्यक कारवाही हुदैछ,’ डिएसपी मगरले भने।

राजनीतिमा सक्रिय रहेका गुण्डा नाईके गणेश लामाले बनाएको काभ्रेली समूहमा आवद्ध रहेका दावा तीन महिना अघि मात्र लागुऔषध मुद्दामा कारागार बसेर निस्किएका थिए। ललितपुरका ब्यवसायी राजन श्रेष्ठलाई ज्यानमार्ने उद्योगमा प्रहरी खोजीमा रहेका दावा लागुऔषध सहित फेला परेका थिए।

- नागरिक