पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ३, काठमाडौं । बिदाई कार्यक्रममा आईजीपी उपेन्द्रकान्त अर्यालले आफू आईजीपीका रुपमा सफल भएको बताएका छन् । तर, पछिल्लो समय प्रहरीमा देखिएको हस्तक्षेप्रति ब्यंग्य गर्दे उनले भने, ‘आफ्नै भविष्यको बारेमा अन्योलग्रस्त प्रहरीले कसरी मुस्कानसहितको सेवा दिन सक्ला ? सम्बन्धितको चेत कहिले खुल्ला ?’

प्रहरीको सबैभन्दा ठुलो पूँजी नागरिकको बिश्वास भएको बताउदै उनले भने, ‘प्रहरी पनि यही समाजको ऐना हो, आकृती नै धमिलो छ भने छायाँ पनि धमिलो देखिन्छ ।’ प्रहरीमा तीन वर्षको कालखण्डमा कर्तव्यनिष्ठ भएर काम गरेको र यो अवधि आफ्नो आफ्नो मानसपटलमा सधैं जिवन्त रहेने उनले बताए ।

तर प्रहरीमा बढेको राजनीतिक चलखेलप्रति उनले असन्तुष्टि व्यक्त गरे । संगठनका सदस्यहरुबीच भातृत्वभाव र एकता बलियो भए मात्र नेपाल प्रहरी बलियो हुने उनको भनाई छ । ‘केही दोष हाम्रो पनि छ ।

हाम्रो जनशक्तिको समस्या हामीले समाधान नगरेमा उसले अनेक बाटो रोज्नु स्वभाविक हो,’ उनले भने,‘तर, केबल व्यक्तिगत स्वार्थ र लोभका लागि संगठनलाई अनिर्णयको बन्दी बनाउने सोचले संगठनलाई कदापी भलो गर्देन ।’

उता सोमबार नै सशस्त्र प्रहरीका महानिरीक्षक दुर्ज कुमार राईले पनि अवकाश पाएका छन् । सशस्त्र प्रहरी मुख्यालयमा नवनियुक्त आईजीपी सिंहबहादुर श्रेष्ठले राईको बिदाई गरेका छन् । -नयाँ पत्रिका दैनिक