२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अठ्ठाइस मृतकका परिवारलाई कुवेतबाट पाँच करोड क्षतिपूर्ति

२०७३, ४ फाल्गुन बुधबार ०२:०२

फागुन ४, काठमाडौं । नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापत पाँच करोड पाँच लाख ९९ हजार ७११ रूपैयाँ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ ।

नेपाली दूतावास कुवेतले प्रेस विज्ञप्तिमार्फत आव २०७२/७३ र आव २०७३/७४ को हालसम्मको क्षतिपूर्ति रकम पठाएको जानकारी दिएको छ । कुवेतमा विगतका वर्षहरुमा मृत्यु भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकको क्षतिपूर्ति प्राप्तिका लागि दूतावासले कानुन व्यावसायीको मद्दत लिएर आवश्यक कार्य अगाडि बढाएको र सोही प्रयत्नको फलस्वरुप क्षतिपूर्ति, बिमा, बाँकी तलब, सेवापश्चात पाउने रकम सम्बन्धित कम्पनीमार्फत प्राप्त सहयोग जुटाएको जनाएको छ । 

दूतावासले दीपक श्रीमल, चन्द्रबोल राई जीतबहादुर कटुवाल, हिकमान तामाङ, जनकबहादुर बस्नेत, कामी सिंह गोले, यामबहादुर बस्नेत, गजेन्द्रकुमार विक, आइतराज तामाङ, सुकान चौधरी, चित्रबहादुर कुवर, नरबहादुर चेम्जोङ, दुर्गाबहादुर थापा, अमृतबहादुर बम्जन, ऋषिप्रसाद देवकोटा, सत्यनारायण साह, दिलबहादुर तामाङ, खड्गकुमार राई, वीरबहादुर गुरुङ, आइबहादुर दर्जी, रामपुकार भण्डारी, विजय विक, गोविन्द विक, सुताइ साह तेली, देवराज ओली, दुलार ठाकुर, केशरबहादुर नेम्वाङ र सुनिता गुरुङले पाउने क्षतिपूर्ति वापत ४० हजार ६७० कुवेती दिनारदेखि रु २५० कुवेती दिनारसम्मको क्षतिपूर्ति पठाएको दूतावासले जनाएको छ । -गोरखापत्र दैनिक 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा