Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वान बेल्ट वान रोड: नेपालले पठायो चीनलाई जवाफ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ९, काठमाडौँ | सरकारले चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणा सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा चीनलाई जवाफ पठाएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार काठमाडौस्थित चिनियाँ दूतावासमार्फत् ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अवधारणाबारे नेपाल सरकारको धारणासहित चीन सरकारलाई हालै जवाफ पठाइएको हो ।

चीनले ओबिओआरमा नेपालको सहभागिताका सम्बन्धी समझदारी पत्रमा हस्ताक्षरका लागि आग्रह गर्दै वर्तमान सरकार गठन भएलगत्तै पत्र लेखेको भएपनि सरकारले त्यसमा कुनै प्रतिक्रिया नदिंदा चीन रुष्ट थियो ।

‘सात महिनासम्म हामीले जवाफ नदिएकोप्रति चिनियाँ पक्षले विभिन्न कोणबाट असन्तुष्टि जनाइरहेको थियो । अन्ततः ढिला गरी भएपनि ओबिओरमा हाम्रो सहभागिताबारे चीनलाई सरकारको धारणा सहित जवाफ लेखेका छौँ’ जानकार एक उच्च सरकारी अधिकारीले  भने, ‘हाम्रो जवाफमा चिनियाँ पक्षले प्रतिक्रिया दिएपछि कुन तहमा समझदारी पत्रमा हस्ताक्षर गर्ने भन्ने निक्र्यौल हुनेछ ।’

उक्त अवधारणाप्रति नेपाल ‘मौन’ बसेपछि चीनले तीव्र असन्तुष्टि जनाएको थियो । – अन्नपूर्ण पोस्ट