फागुन १४, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १४, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ । 

"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चाले निर्वाचन बिथोल्ने, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने

२०७३, १४ फाल्गुन शनिबार ०१:५६

फागुन १४, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ । 

गठबन्धनले निर्वाचन बिथोल्नकै लागि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन चर्काउने तयारी गरेको छ । सरकारले ३१ वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ।

संघीय समाजवादी फोरम नेपालको तीनकुनेस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको गठबन्धनको बैठकले सरकारलाई बुझाएको २६ बुँदे माग कार्यान्वयन नगरी निर्वाचनको मिति घोषणा भएकाले निर्वाचन बिथोल्ने चेतावनी दिएको हो।

‘गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण आयोगले अहिलेसम्म पनि विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण नगरेको अवस्थामा घोषित निर्वाचनको मिति आफैंमा असंवैधानिक छ,’ गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको, ‘वर्तमान सरकार आफैंले संसद्मा दर्ता गरेको संशोधन विधेयक परिमार्जनसहित पारित नगरी २०७४ वैशाख ३१ गतेका लागि निर्वाचन घोषणा गरिएकाले स्थानीय तहको निर्वाचन हामीलाई मान्य छैन, त्यसकारण यसका विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरियो।’

मधेसी मोर्चाले भने यसअघि नै निर्वाचनको विरोधमा आन्दोलन सुरु गरिसकेको छ। संविधान संशोधन परिमार्जनसहित पारित गरेर निर्वाचन गर्नुपर्ने माग मधेसी मोर्चासहितको गठबन्धनले गर्दै आएको छ।

तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माग सम्बोधन नगरी हुन लागेको निर्वाचन मधेसी मोर्चासहितको गठबन्धनलाई कुनै हालतमा स्वीकार हुनै नसक्ने बताए। ‘निर्वाचन बिथोल्न के–के गर्नुपर्छ आन्दोलनमार्फत त्यो सबै गर्न हामी तयार छौं,’ यादवले राजधानीसँग भने। गठबन्धनको बैठकले अगामी आन्दोलन सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको उनले बताए।

बैठकले आन्दोलनको खाका बनाउन फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ। सो कार्यदलले एक हप्ताभित्र आन्दोलनका भावी कार्यक्रम तय गरी गठबन्धनको बैठकमा पेस गर्नेछ। कार्यदलमा गठबन्धनका नेताहरू वृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा. ओम गुरुङ, डा. विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती रहेका छन्।

कार्यदललाई भावी आन्दोलनलाई समर्थन र सहयोग गर्ने राजनीतिक दल, नागरिक समाज, विभिन्न सामाजिक संघ÷संस्थासँग छलफल तथा समन्वय गरी उनीहरूलाई आन्दोलनमा समर्थन एवं सहभागी गराउने जिम्मेवारी दिइएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए।

सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा मधेसी मोर्चासहित गठबन्धनमा आबद्ध संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरी अर्को बैठकमा निर्णय गरिने गठबन्धनले जनाएको छ। अहिले सरकारलाई दिएको समर्थन फिर्ता नलिई मधेसी मोर्चाले आन्दोलन गरिरहेको छ। अबको आन्दोलनमा डा. बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति पार्टीलाई समेत सहभागी गराउने तयारी भइरहेको नेताहरूले बताएका छन्। यस विषयमा शुक्रबारको बैठकमा पनि कुरा उठेको थियो।  -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ