पढ्न करिब 2 मिनेट लाग्छ

चैत १४, काठमाडौं । प्रचण्ड नेतृत्वको संयुक्त सरकारका शक्तिशाली उपप्रधानमन्त्री हुन् विमलेन्द्र निधि । निधिलाई वर्तमान सरकारमा यो हैसियत दिलाउनमा कांग्रेस सभापति शेरबहादुर देउवाको अहंम भूमिका छ ।

तर, अहिले यी दुईबीच विगत जस्तो सौहार्द र हार्दिकतापूर्ण सम्बन्ध छैन । स्रोतका अनुसार, देउवा र निधिबीचको सम्बन्धमा अहिले बेस्सरी फाटो आएको छ ।

देउवा र उपप्रधानमन्त्री निधिबीच देखापरेको फाटोलाई कतिपयले आईजीपी प्रकरणसँग जोडेर हेर्ने गरेको भएपनि सम्बन्ध बिग्रिनुको भित्री कारण अर्कै रहेको स्रोतबाट थाहा भएको छ ।

स्रोतका अनुसार, ठुलो प्रयास र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुलाई सहमतिमा ल्याएर एमालेका अध्यक्ष केपी ओलीको सरकार ढाल्दै कांग्रेसलाई सरकारमा पु–याउदै कांग्रेस भित्र शक्तिशाली बनेका निधिले सभाति देउवालाई टेर्न छाडेको, आफ्नै लागि मात्र काम गरेको, स्वतन्त्रपूर्वक निर्णय लिने काम गरेको निष्कर्षमा देउवा पुगेका छन् ।

त्यसैले निधिप्रतिको कांग्रेस सभापति देउवाको विश्वास गुम्दै गएको हो । ‘बाहिर देख्दा अथवा देखाउँदा चाँहि देउवा–निधिबीचको फाटो आईजीपी प्रकरणसँग जोड्ने गारिएको छ’ स्रोतले भन्यो, ‘तर, दुईबीचको सम्बन्धमा देखिएको दरार देउवाले पार्टीमा अन्य नेतालाई नटेरे जस्तै निधिले देउवालाई पनि नटेर्नु हो ।’

उता, देउवा–निधिबीचको सम्बन्धमा दरार देखिएसँगै यसको असरका बारेमा विभिन्न फ्याक्टरबारे चर्चा हुन थालेको छ । कतिपयले दुई बीचको सम्बन्धमा देखिएको दरारको मूल्य निधिलाई भन्दा देउवालाई चर्को पर्ने अड्कल काटेका छन् ।

स्रोतका अनुसार, देउवा–निधिबीच उत्पन्न दरारले शेरबहादुरको पुनःसत्तारोहण भएर प्रधानमन्त्री बन्ने चाहना खरानी हुने चर्चा सुरु भएको छ । साँघु साप्ताहिक