प्रहरी स्कुलमा विद्यार्थीको रहस्यमय मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

चैत १८, काठमाडौं । रानीबारीस्थित प्रहरी स्कुलमा बुधबार विद्यार्थीको मृत्यु रहस्मय बनेको छ ।

मृतकका आफन्तले हत्याको आरोप लगाएका छन् भने प्रहरीले आत्महत्या भएको दाबी गरेको छ । उक्त स्कुलमा आठ कक्षामा अध्ययनरत १४ वर्षीय कुन्दन थापालाई मृत्यु अवस्थामा उनका आफन्तले प्रहरी अस्पतालमा भेटेका थिए । स्कुल व्‍यवस्थापनले तत्काल प्रहरी अस्पताल आउनु भनी खबर गरेपछि मृतकका आफन्तले त्यहाँ पुग्दा कुन्दन मृत अवस्थामा भेटिएको छ ।

स्कुल व्यवस्थापनका अनुसार कुन्दनविरुद्ध उनी अध्ययनरत कक्षाकै एक छात्राबाट ‘कम्प्लेन’ आएपछि वार्डेन शर्मिला गुरुङले बुधबार यस विषयमा छलफल गर्न कुन्दनकी आमालाई फोन गरेकी थिइन् । तर कुन्दन आमाको फोन लिएर बाहिर हिँडेकाले शर्मिलाको फोन कुन्दनले नै उठाएका थिए। त्यसपछि कुन्दन आफै प्रहरी स्कुल पुगेका थिए जहाँ कम्प्लेन गर्ने छात्रा र उनका अभिभावक पनि उपस्थित थिए ।

तर केही छिनको कुराकानीपछि अभिभावक बोलाएर ल्याउँछु भन्दै फर्किएका कुन्दन एक्कासी हाम फालेको विद्यालय व्यवस्थापनले जनाएको छ। ‘इन्स्पेक्टर शर्मिलाले दुवै पक्षका अभिभावकलाई बोलाएर कुराकानी गराउन खोज्नु भएको रहेछ।

कुन्दनले फोन उठाएकाले उनी आफै आएकाले पछि उनलाई अभिभावक बोलाएर ल्याउन भनिएको रहेछ। तर त्यहाँबाट फर्कने क्रममा एक्कासी हाम फालेको रिपोर्ट हामीलाई छ’, महानगर प्रहरी प्रमुख डीआईजी बम बहादुर भन्डारीले अन्‍नपूर्णसँग भने। मृतकका आफन्तले भने विदाको दिनमा समेत बोलाइनु, तेस्रो फ्लोरमा रगत भेटिनु शंकास्पद भन्दै हत्याको आरोप लगाएका छन् ।

विदाको दिनमा विधाथीलाई मात्र किन बोलाईयो । अनि हाम फालेको मान्छेको रगतको टाटा कसरी तेस्रो फ्लोरमा भेटिन्छ । कुटेपछि तेस्रो फ्लोरबाट झारिएको हाम्रो आशंका छ’, मृत्यकका आफन्त सजिता रानाले भनिन्। कुन्दन कक्षा आठको परिक्षा दिएर बसेका थिए। उनी सजिताकै घरमा खाना खान भन्दै आमाको फोन लिएर दिउँसो निस्किएका थिए।

‘हाम्रोमा खाना खाएर केही बेरमा फर्किन्छु भन्दै निस्किएको भाईलाई अस्पतालमा मृत्य अवस्थामा भेटियो’, सजिताले भनिन्। कुन्दनले आफ्नै कक्षामा अध्ययनरत छात्राको नाममा फेक फेसबुक आईडी खोलेर अश्लिल सामग्री अपलोड गरेको आरोप लागेको थियो । ती छात्राका बुवा पुर्व प्रहरी कर्मचारी भएको जनाईएको छ ।

घटनाको अनुसन्धानका लागि महानगर प्रहरीले महानगरिय अपराध महाशाखाको एसपी श्याम ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यिय छानबिन समिती गठन गरेको छ। समितीलाई सात दिनको समय दिईएको छ। समितीमा काठमाडौं प्रहरी परिसरका डीएसपी रिद्धिबिक्रम शाह लगायत दुई इन्स्पेक्टर र एकजना सई पनि छन् ।  -अन्न्पूर्ण पोस्ट दैनिक

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply