चैत २९, काठमाडौं । शैक्षिक शत्र सुरु हुन तीन दिन मात्र बाँकी रहे पनि उपत्यकाका निजी विद्यालय सञ्चालकले विद्यार्थीबाट लिन पाउने शुल्कको सीमा विषयमा अझै निर्णय हुन सके"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २९, काठमाडौं । शैक्षिक शत्र सुरु हुन तीन दिन मात्र बाँकी रहे पनि उपत्यकाका निजी विद्यालय सञ्चालकले विद्यार्थीबाट लिन पाउने शुल्कको सीमा विषयमा अझै निर्णय हुन सके"/>
2026-06-17 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिले तोकिन्छ निजी विद्यालयको शुल्क ?

2017-04-11

चैत २९, काठमाडौं । शैक्षिक शत्र सुरु हुन तीन दिन मात्र बाँकी रहे पनि उपत्यकाका निजी विद्यालय सञ्चालकले विद्यार्थीबाट लिन पाउने शुल्कको सीमा विषयमा अझै निर्णय हुन सकेको छैन । 

सरोकारवाला निकायले निर्णय गर्न नसक्दा शैक्षिक सत्र सुरु नहुँदै विद्यालय सञ्चालकले मनपरी शुल्क लिएर विद्यार्थी भर्ना गरिरहेका छन् । नियमानुसार शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिनाअघि निजी स्कुल सञ्चालकले आफूले विद्यार्थीबाट लिन चाहेको शुल्क सीमासहितको प्रस्ताव जिल्ला शिक्षा समितिमा पेस गर्नुपर्ने हुन्छ । यसरी पेस गरिएको प्रस्तावलाई समितिले पारित गरेपछि मात्र विद्यार्थीबाट शुल्क लिनुपर्ने व्यवस्था छ । 

तर, राजधानीमा ठूला र चर्चित स्कुल रहेको जिल्ला मानिने ललितपुर र भक्तपुरमा समेत अझै शुल्कको सीमा निर्धारण हुन सकेको छैन । शुल्क निर्धारणको विषयमा पटक–पटक बैठक बसे पनि कुनै निर्णय भएको छैन । यही विषयमा निर्णय गर्न सोमबार पनि बैठक बसेको थियो । तर, विद्यालय सञ्चालकले प्रस्ताव गरेको शुल्क अत्यधिक चर्को भएका कारण निर्णय हुन नसकेको सहायक जिल्ला शिक्षा अधिकारी गोकर्णध्वज कार्कीले बताए ।

‘केही स्कुलले ६० देखि ७० प्रतिशतसम्म शुल्क बढाउने प्रस्ताव गरेका छन् । उनीहरूको प्रस्तावलाई हामीले स्वीकार गर्न सकेनौं । अन्य प्रस्तावमा छलफल गरौं भन्दा उनीहरू मान्दैनन्’, कार्कीले भने, ‘फेरि अर्को बैठक बसेर निर्णय गर्नुपर्ला ।’ जिल्ला शिक्षा कार्यालयबाट शुल्क प्रस्ताव पारित नभए पनि ललितपुरका अधिकांश स्कुलले आफूखुसी शुल्क लिएर विद्यार्थी भर्ना गर्न थालिसकेका छन् ।

जिशिकामा विभिन्न बहाना खडा गरेर शुल्क प्रस्ताव पारित गर्न नदिने र शुल्क प्रस्ताव पारित गर्न जिशिकाले नै ढिलो भएको आरोप लगाउँदै विद्यालय सञ्चालकले जसरी पनि विद्यार्थीबाट शुल्क लिन खोजेको अभिभावकले आरोप लगाएका छन् । अभिभावक संघ नेपालकी उपाध्यक्ष सरिता अर्यालले मनपरी शुल्क लिने विद्यालयबारे अभिभावक आफैं जागरुक हुनुपर्ने बताउँदै संघमा जानकारी गराए बढी भएको रकम फिर्ता गराउने बताइन् । -अन्नपूर्ण पोस्ट दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ