पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख २८, काठमाडौं । स्थानीय तहमा ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बागलुङ नगरपालिका प्रमुख र उपप्रमुखमा क्रमशः कुसुम बुढा र निर्मलबहादुर श्रेष्ठले उम्मेद्वारी दर्ता गराए । निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेद्वारी फिर्ता लिने अन्तिम दिन दुवैले उम्मेद्वारी फिर्ता लिए ।

उनीहरुको उम्मेद्वारी फिर्तासँगै माओवादी केन्द्रका तार्फबाट नगरपालिकामा प्रमुख र उपप्रमुखको पद खाली छ । आयोगले निर्वाच्न चिह्नसमेत वडा अध्यक्ष र सदस्यलाई मात्र प्रदान ग¥यो ।

निर्वाचनको माहोल तातेसँगै माओवादी केन्द्र भने प्रमुख र उपप्रमुखका खाली पदमा मत माग्दै घरदैलोमा व्यस्त छ ।

उम्मेद्वारी फिर्तासँगै तल्ला तहका कार्यकर्तामा चरम असन्तुष्टि देखिएपछि पार्टीले उम्मेद्वार नभएपनि पार्टीको नगर कमिटीले चुनाव चिह्नमा मतदान गर्न आह्वान गर्दै घरदैलो गरिरहेको छ । -राजधानी दैनिक