जेठ ३०, काठमाडौं  । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३०, काठमाडौं  । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्"/>
2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाका दौंतरी नै कांग्रेसका बागी उम्मेदवार

June 13, 2017

जेठ ३०, काठमाडौं  । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन् । 

देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको भन्दै कांग्रेसबाट बागी उम्मेदवार बन्न लागेका हुन् । 

२०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्यसमेत रहेका सुरेन्द्र देउवाका पुराना साथी हुन्। नेपाली कांग्रेसमा आफूले दिएको योगदानबारे देउवालाई राम्रोसँग थाहा भएपनि देउवाले पछिल्ला दिनमा गम्भीर धोका दिएको विश्लेषण गर्दै उनी सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामको कमल बजार नगरपालिकाको मेयर पदमा बागी उम्मेदवार बन्न लागेका हुन्।

लामो समयसम्म कांग्रेसमा योगदान पु-याएका सुरेन्द्रलाई अछाम कांग्रेसले कमल बजार नगरपालिकाको मेयरमा सिफारिस गरेको थियो। सिफारिसपछि १४ वैशाखदेखि काठमाडौंमा बस्दै आएका उनले आफ्ना पुराना दौंतरी देउवालाई पनि भेटे। देउवाले पनि उनलाई मेयरको विकल्प अरु कोही नभएको भन्दै ढुक्क हुन भने। तर अन्तिममा कांग्रेसले ओमप्रकाश विष्टलाई मेयरको टिकट दियो। त्यसपछि बिच्किएका हुन् सुरेन्द्र।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी सुरेन्द्रले आफूले विगतमा पार्टीलाई पु-याएको योगदान बिर्सेकाले र आश्वासन दिएर पनि झुक्याउने काम गरेकाले उम्मेदवारी दिन लागेको बताए। उनले पार्टीले स्थानीय जनताको भावना पनि बुझ्न नसकेको बताए।

‘मलाई नै मेयरको टिकट चाहिन्छ भन्ने विषय पहिलो होइन तर त्यहाँका जनताको दबाबका कारण मैले बागी उम्मेदवारी दिन लागेको हुँ, जनता भन्दा न्याय दिने अर्को कुनै निकाय छैन, त्यसैले न्याय पाउन पनि मैले उम्मेदवारी दिने निर्णय लिएको हुँ,’ पत्रकार सम्मेलनमा सुरेन्द्रले भने।

‘माओवादी द्वन्द्वकालमा सर्वस्वहरण हँुदा पनि ज्यान बचाएर पार्टीले दिएको जिम्मेवारी परा गरेँ, जनताको घरआँगनबाट बाहिर गइन, दुःख र सुखमा साथ दिएँ, तर पार्टीले मूल्यांकन गरेन, पार्टीको निर्णयले कांग्रेसका इमान्दार कार्यकर्ताको मनमा पनि चोट लागेको छ, उहाँहरुले बागी भएपनि उम्मेदवारी दिन आग्रह गरेपछि मैले उम्मेदवारी दिने निर्णय लिएको हुँ,’ सुरेन्द्रले भने।

उनी २०४९ सालमा निर्विरोध गाविस अध्यक्ष भएका थिए। २०५४ सालमा भने उनी उठेनन्। अहिले स्थानीय समितिले उनलाई मेयरमा सिफारिस ग-यो। देउवा आफ्नो पुरानो साथी पनि भएकाले टिकट पाउनेमा उनी निश्चिन्त थिए। देउवाले पनि अर्काे विकल्प नभएको भनेपछि उनी झनै हौंसिएका थिए।

‘कि त मलाई शुरुमै हुँदैन, टिकट दिँदैनौं भनेको भए मैले जनता र कार्यकर्तालाई त्यही अनुसार कुरा गर्न सक्थेँ, मेरो सबै तयारी पनि भयो अनि टिकटचाहिँ जनाधार नभएको व्यक्तिलाई दिइयो, जानाजानी यस्तो अन्याय कसरी सहनु ?’ उनले आक्रोश पोखे।

पत्रकार सम्मेलनमा उनले देउवाप्रति पनि आक्रोश पोखे। ‘देउवा संकटमा रहेका बेला मैले निःस्वार्थ सहयोग गरेँ, तर देउवाले गुण देखेनन्,’ सुरेन्द्रले भने। उनी २०६२ सालमा अछाम जिल्लाको कांग्रेस पार्टी उपसभापति समेत भएका थिए। हाल उनी महासमिति सदस्य छन्। -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक