Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देउवालाई बालुवाटार सर्न ज्योतिषले किन रोके ?

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १, काठमाडौँ । ज्योतिषविद्यामा विश्वास गरेका कारण नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन् । उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ। ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बुढानिलकण्ठमै अड्किएका हुन् ।

वरिष्ठ ज्योतिष अंगीरस न्यौपानेले देउवालाई असार ३ पछि मात्र सरकारी निवास सर्न सुझाएका छन्। ‘उहाँलाई बालुवाटार सर्न जेठ २७ गते शुभ मुहुर्त थियो अब असार ४ वा ५ गते मात्रै शुभ मुहुर्त छ’ न्यौपानेले भने, ‘उहाँको कुण्डलीमा बृहस्पति भाग्य स्थानमा भएपनि आगामी असार ३ गतेसम्म राहु अष्टम पदमै रहन्छ। अष्टम पदमा राहु बस्नु भनेको शत्रु पक्ष बलियो हुनु हो।’

उनका अनुसार असार ३ गतेसम्म जति काम गरेपनि देउवाले जस पाउने अवस्था रहँदैन। त्यसपछि भने देउवा शक्तिशाली हुने न्यौपानेले दावी गरे ।  -नागरिक दैनिक