Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पुनर्निर्माणमा खटिएका इन्जिनियरले काम पाएनन्

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन ९, काठमाडौं | भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियर कामविहीन भएका छन्। समयमै अनुदान रकम नपाएर भूकम्पपीडितले घर निर्माण सुरु नगरेकाले इन्जिनियरहरू कामविहीन भएका हुन्।

भूकम्प प्रभावित ११ जिल्लाका दुई लाख ४४ हजार ६ सय २४ पीडित परिवारसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेको छ। तीमध्ये ३४ हजार नौ सय ४८ पीडित परिवारको खातामा मात्रै पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भएको छ।

बर्खा लागेपछि रकम पाएकाले भूकम्पपीडित कसैले पनि घर निर्माण गर्न सकेका छैनन्। प्राधिकरणले भूकम्पपीडितका घर निर्माणमा सघाउने भन्दै भूकम्प प्रभावित ११ जिल्लामा एक महिनाअघि दुई हजार ६ सय इन्जिनियर परिचालन गरेको छ। आफ्नो काम नभएपछि उनीहरू गाविस कार्यालयको सहायकका रूपमा छन्।

खातामा रकम पुगेका भूकम्पपीडितले निर्माण नथालेकाले इन्जिनियरहरूले काम गर्न नपाएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनन्तबहादुर सिलवालले जानकारी दिए।

‘अनुदान सम्झौता भएर केही पीडितको खातामा रकम पनि आयो। तर, घर बनाउन थालिएको छैन,’ सिलवालले भने, ‘केन्द्रबाट इन्जिनियर आएका छन्। उनीहरू गाउँमा पुगेका पनि छन्। तर, काम गर्न पाएका छैनन्। घर बनाउने काम नै सुरु भएको छैन। यस्तो अवस्थामा उनीहरूले के काम गर्ने ?’ गोरखाका सहायक सिडिओ नेत्रबहादुर शर्माले घर बनाउन खटिएका इन्जिनियर अनुदान सम्झौतामा गाविससचिवलाई सघाएर बसेको बताए। – नयाँ पत्रिका दैनिक