Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बुढीगण्डकी ठेक्का प्रक्रियामा सरकारको मनोमानी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ९, काठमाडौं | १२ सय मेगावाटको बुढीगण्डकी जलाशय आयोजना निर्माण गर्न दुई चिनियाँ कम्पनीले प्रस्ताव पेस गरेपनि सरकारले एउटाका प्रस्ताव अघि बढाएको पत्ता लागेको छ ।

कम्पनी, स्थानीय व्यक्ति तथा निकायको प्रभावमा सरकारले एउटाको मात्र प्रक्रिया अघि बढाएको हो । चाइन गेजुवा ग्रुप कर्पोरेसन र पावर चाइना इन्टरनेशनल ग्रुप लिमिटेडले इपिसिएफ मोडलमा आयोजना निर्माण गर्न प्रस्ताव पेस गरेको खुलेको छ ।

प्रस्ताव दर्ता गराएका कम्पनीबीच प्रतिस्पर्धा गराउनु पर्ने अन्तर्राष्ट्रिय मान्यता लत्याएर सिजिजिसीको प्रस्तावमात्र अघि बढाइएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ।

‘सिनो हाइड्रो कम्पनी’को नाममा नेपालसहित विश्वमा जलविद्युत तथा अन्य पूर्वाधार आयोजना निर्माण गरेको पावर चाइनले २०७२ चैत ९ मा पूर्वउपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई उद्धृत गर्दै प्रस्ताव पेस गरेको थियो।

तर, यो प्रस्ताव लुकाएर अर्को कम्पनीलाई दिने गरी प्रक्रिया अघि बढाएको मन्त्रालय स्रोतले बतायो। – नागरिक दैनिक