पढ्न करिब 2 मिनेट लाग्छ

साउन ११, काठमाडौँ | आइतबार राति ९ बजे कोठाबाट बा१ज ५१६२ नम्बरको ट्याक्सी लिएर हिँडेका चित्रबहादुर खत्री सोमबार बिहान ३ बजेतिर कोटेश्वरमा थिए।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले ‘सुकुम्बासीमाथि राज्यले गरेको दमनविरुद्ध’ सोमबार नेपाल बन्दको आहवान गरेकोबारे उनी जानकार नै थिए। झिसमिसे बिहानबाट मात्र बन्द लागू होला भनेर उनी कोटेश्वरमा यात्रु कुरेर बसेका थिए ।

‘बन्दकर्ताले गोंगबुमा ट्याक्सी जलायो रे कोठामा फर्किहाल,’ बिहान साढे ३ बजेतिर काकाको फोन आयो। लगत्तै बानेश्वरको कोठा आउन उनले ट्याक्सी स्टार्ट गरे। मीनभवन उकालोमा आइपुगेलगत्तै दुई जनाले ट्याक्सी रोकेर एकजना अगाडिको सिटमा बसिहाले। अर्को पछाडि उभिएका थिए। अगाडि बसेकाले एयरपोर्ट जाउँ भन्दा खत्रीले मानेनन्। एकैछिनमा ट्याक्सीको पछाडि आगो सल्कियो।

एक महिनाअगाडि मात्रै ९ लाख खर्चिएर लिएको ट्याक्सी हवारहवार्ती बल्ल थालेपछि उनी आगो निभाउनतिर लागे। त्यही मौका छोपेर दुवै जना भागे। दैनिक ३ हजारसम्म आम्दानी दिने ट्याक्सी हेर्दाहेर्दै स्वाहा भयो। ऋण जस्ताको तस्तै छ।

‘अगाडि बसेको व्यक्तिले २ सय ५० दिन्छु जाउँ भन्दै थिए,’ मलिन स्वरमा खत्रीले सोमबार बिहानको घटना सुनाए,‘जान्न भन्दाभन्दै पछाडि उभिएको व्यक्तिले सलाई कोरेर ट्याक्सीमा फालेर भाग्यो।’

केही छिनपछि आएको दमकलले ट्याक्सीमा लागेको आगो त निभायो । तर त्यतिन्जेलसम्म ट्याक्सीका केही भागमात्रै बाँकी थिए। -कान्तिपुर दैनिक