Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रधानमन्त्री ओलीले राजीनामा दिएकै भोलिपल्ट प्रधानसेनापतिको यस्तो अभिव्यक्ति

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ११, काठमाडौं | प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएको भोलिपल्ट सोमबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गम्भीर अर्थ लाग्ने अभिव्यक्ति दिएका छन्।

उनले मुलुकको पछिल्लो राजनीतिनक परिस्थितिलाई नेपाली सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको र कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा जुनसुकैखाले चुनौती सामना गर्न सेना तयारी अवस्थामा रहेको बताए।

एक संस्थाले नेपाली सेनालाई गमला हस्तान्तरण गर्न आयोजित कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन्। उक्त अभिव्यक्ति दिनु एक दिनअघि आइतबार प्रधानसेनापति झन्डै एक घन्टा सेनाको परमाधिवति रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग मुलुकको पछिल्लो राजनीति र सुरक्षा अवस्थाबारे गम्भीर छलफल गरेको स्रोतले बतायो।

अहिले तरल राजनीतिक अवस्थामा संविधानविरोधी आन्तरिक र बाह्य शक्तिले मुलुकको सार्वभौमिकता, एकता र राष्ट्रिय सुरक्षामा औँल नठड्याऊन् भन्ने उद्देश्यले प्रधानसेनापतिको अभिव्यक्ति आएको सैनिक स्रोतले बतायो। - अन्नपूर्ण पोष्टमा