Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सरकारको नेतृत्व गर्न कांग्रेसमा तीनजनाको दौड

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन १२, काठमाडौं । माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकारमा सहभागी हुने भएसँगै सरकारको नेतृत्व कसले गर्ने भन्नेमा कांग्रेसमा दौडधुप सुरु भएको छ ।

गृह र उपप्रधानमन्त्रीससहित कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा तीव्र दौडधुप सुरु भएको छ । उपप्रधानमन्त्रीका लागि वरिष्ठ नेता गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले आकांक्षा देखाएका छन् ।

स्रोतका अनुसार देउवाले भने लामो समय पदमा नबसेका र तत्कालीकन कांग्रेस प्रजातान्त्रिकमा कार्यवाहक सभापतिका रुपमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठलाई नेतृत्वमा पठाउन चाहेका छन् । श्रेष्ठ तत्कालीन सात दल र माओवादीबीच भएका १२ बुँदे समझदारीका हस्ताक्षरकर्ता हुन् ।

निधिलाई भने देउवाले उपसभापति बनाउने मनस्थिति बनाएकाले पनि दुवै पद एउटा व्यक्तिलाई दिनु उपयुक्त नहुने हुँदा पार्टीभित्रै सक्रिय गराउने तयारीमा छन् । कांग्रेस विधानमा उपसभापति केन्द्रीय प्रशिक्षण विभागको संयोजक हुने भएकाले पनि प्रभावकारी मानिन्छ ।

त्यसका साथै निधि नौ महिनाअघिको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालका पालामा मन्त्री भएकाले पनि तुरुन्तै दोहोर्‍याउन नहुने पार्टीभित्रै दबाब छ ।

सिटौलाई उनको पक्षबाट एकजनालाई मन्त्री बनाएर चित्त बुझाउने देउवा रहेको स्रोतको दाबी छ ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफूभन्दा कनिष्टले सरकारको नेतृत्व गर्न नहुने भन्दै आफ्नो नेतृत्वमा जानुपर्ने अडान राख्दै आएका छन् । -अन्नपूर्ण पोष्ट दैनिक